चितवन विशेष

प्रचण्डको उत्तराधिकारीको रुपमा चितवन ३ बाट चुनाव लड्दै छु: डा. भोजराज

Banner

चितवन, कात्तिक २-

चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य गठबन्धनको उम्मेदवार रहेका डा. भोजराज अधिकारीले अध्यक्ष प्रचण्डले दिएको कार्यभार पूरा गर्न जनतामाझ आएको बताउनुभएको छ ।

उहाँले आफू प्रचण्ड विकासको उत्तराधिकारी भएको उल्लेख गर्नुभयो । त्यसका लागि युवालाई नेतृत्व दिन उहाँले अनुरोध गर्नुभएको छ ।

निर्वाचित भएपछि जनतासँग सँगसँगै रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पश्चिम चितवनको पार्वतीपुरमा भएको चुनावी कार्यक्रममा सेवा बाहेक अरू कुनै स्वार्थ नरहेको उहाँले बताउनुभयो । विचारले युवा हुने उहाँको भनाइ छ । पहिले डाक्टर भएर सेवा दिनुभएको उहाँले जनप्रतिनिधि भएपछि जनताको सेवामा थप बिस्तार हुने बताउनुभयो ।

हार्नेको इतिहास नहुने उल्लेख गर्दै उहाँले जित्नेले इतिहास बनाउने बताउनुभयो । मन र मतलाई एकीकृत गर्न सके फरक विम्व तयार हुने उहाँको भनाइ छ । मंसिर ४ गतेसम्म आफूसँग केही नहुने बताउनु भएको डा. अधिकारीले त्यसपछि योजना कार्यान्वयनमा केन्द्रिकृत हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य गंगा बेलबासेले बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई निर्वाचित गर्ने गरि अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । आगामी निर्वाचनका लागि क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका डा. सूर्यकान्त घिमिरे र (ख) मा माओवादीका ठाकुरप्रसाद ढकाल चुनावी मैदानमा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>