चितवन विशेष

निर्वाचनका सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिवद्धः सचिव दुवाडी

Banner

चितवन,कात्तिक २-

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले लोकतन्त्रमा सञ्चारकर्मी एवं सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ बागमती प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज चितवनमा उद्घाटन गर्दै सचिव दुवाडीले अभिमुखीकरणका क्रममा आसन्न निर्वाचनका लागि आयोगले गरेको तयारी, आचारसंहिताको कार्यान्वयन लगायत आयोग र सञ्चारमाध्यमको भूमिका र अपेक्षामाथि छलफल हुने बताउनुभयो । निर्वाचनसँग सम्बन्धित सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले यसका लागि आयोगले विशेष व्यवस्था गरेको बताउनुभयो ।

आचारसंहिता पालना गर्ने÷गराउने काममा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै सचिव दुवाडीले ‘सञ्चारमाध्यम र सञ्चारकर्मी पनि आचारसंहिता अनुगमनकर्ता हो’ भन्नुभयो । आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लंघन भएको देखेमा आयोगमा सूचना दिन सचिव दुवाडीले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आयोग मिडियासँग सहकार्य गरेर नै अघि बढिरहेको बताउनुभयो । निर्वाचनका बेला सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्ववेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न आयोगले संयन्त्र निर्माण गरेको बताउँदै सचिव दुवाडीले फेसबुकको मातृ कम्पनी मेटासँगै अन्य टेक कम्पनीसँग सहकार्य भइरहेको बताउनुभयो । सचिव दुवाडी सञ्चारमाध्यम र सञ्चारकर्मीलाई संयमित, विश्वसनीय र तथ्यपरक सूचनामात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

निर्वाचनसम्बन्धी रिर्पोटिङ गर्दा आधिकारिक सूचना लिने र त्यसलाई तथ्य जाँच गर्न भुल्न नहुने भन्दै उहाँले आयोगको नीति, विद्यमान कानून र जारी गरिएका निर्देशिका लगायत आयोगको प्रवक्ता, सहायक प्रवक्ता, प्रेस विज्ञप्ति, इ—बुलेटिनलाई निरन्तर पछ्याउन गर्न आग्रह गर्नुभयो । मतदानको दिन सूचना तथा प्रसारण विभागबाट जारी गरिएको प्रेस पासका आधारमा रिर्पोटिङका लागि अनुमति दिइने बताउँदै उहाँले प्रेस पास नहुनेहरूका लागि पनि आयोगले सहजीकरण गर्ने बताउनुभयो । सचिव दुवाडीले प्रेसलाई सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो ।

सचिव दुवाडीले निर्ममताका साथ आचारसंहिता पालना गर्न र कार्यान्वयन गराउन मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । निर्वाचनका लागि जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापन तीव्र गतिमा भइरहेको जानकारी दिँदै सचिव दुवाडीले मतदाता शिक्षाका लागि जिल्लास्तर र स्थानीयस्तरका संयन्त्रलाई सक्रिय तुल्याउन आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>