चितवन विशेष

नारायणी नदी किनारको हरिहर मन्दिरलाई सरसफाइ सामग्री सहयोग

Banner

चितवन, कात्तिक २-

पाचौं वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स नारायणगढ चितवनले सरसफाइका सामग्री सहयोग गरेको छ ।

आज (बिहीबार) नारायणगढको नारायणी नदी किनारमा रहेको प्राचिन एवम् प्रख्यात हरिहर मन्दिरलाई डष्टबिनलगायतका सरसफाइका सामग्री इन्स्योरेन्सले प्रदान गरेको हो । सो अवसरमा इन्स्योरेन्सले मन्दिर र मन्दिरको वरपर सरसफाइ समेत गरेको थियो ।

इन्स्योरेन्सका नारायणगढ शाखा प्रमुख गोकर्ण कार्कीले कम्पनीको वार्षिकोत्सवमा गरिएको काम र कम्पनीको बारेमा मन्तव्य राख्नुभएको थियो । आगामी दिनमा मन्दिरका लागि सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्दिर सञ्चालक समितिबाट सचिव प्रचण्डलाल प्रधानले धर्म संस्कृति बचाउन सहयोेग गरेकोमा आभार प्रकट गर्नुभयो ।

उक्त कार्यक्रममा इन्स्योरेन्सबाट बले राना, दलबहादुर खत्री, ममता चालिसे, बिना गौतम, केशरी राना, रुपा गिरी, मन्दिरको तर्फबाट किरण गोविन्द अमात्य, श्यामकली पियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन इन्सोरेन्सका म्यानेजर प्रेम अछामीले गर्नुभएको थियो ।  पाँच वर्षमा इन्स्योरेन्सले ३६ वटा शाखा खोलेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>