चितवन विशेष

भरतपुर ज्योतिनगरको दिवा स्याहार केन्द्रलाई नारायणगढ रोटरी क्लबको सहयोग

Banner

चितवन, कात्तिक २-

नारायणगढ रोटरी क्लबले भरतपुर महानगरपालिका–२६, ज्योतिनगरमा सञ्चालित दिवा स्याहार केन्द्रलाई शैक्षिक एवम् खेलकुद सामग्रीहरु सहयोग गरेको छ ।

केन्द्रमा रहेका मस्तिष्क पक्षघात भएका बालबालिकाहरूको शिक्षा तथा खेलकुदको विकासका लागि क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले दिवा स्याहार केन्द्रका अध्यक्ष लक्ष्मीकान्त घिमिरेलाई आवश्यक शैक्षिक एवम् खेदकूदका सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।

क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले यसभन्दा अघि पनि सो केन्द्रमा रहेका बालबालिकाहरूको लागि सहयोग प्रदान गर्दै आइरहेको स्मरण गर्दै आवश्यक परेको बेला क्लबले निरन्तर सहयोग गरिरहने आश्वासन समेत दिए । सोही कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा जेभीफाउण्डेशन, चितवनका सभापति विज्ञानलाल श्रेष्ठ र उपसभापति उद्धव जोशीले उक्त केन्द्रका बालबालिकाहरूको दिवाखाजा व्यवस्थापनका लागि गत साउन महिनादेखि जेभीफाउण्डेसन, केन्द्रीय कार्यालय, ललितपुरद्वारा उपलब्ध गराउँदै आएको मासिक १० हजार रुपैयाँ नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानमार्पmत दिवा स्याहार केन्द्रका अध्यक्ष घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । दिवा स्याहार केन्द्रमा सञ्चालिका हरिकला भुषाल तथा नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्षहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव राजाराम सिटौलाले गर्नुभएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>