चितवन विशेष

निवेदनसहित साईकल लिन रत्ननगर प्रहरीको आग्रह

Banner

चितवन, कात्तिक २–

ईलाका प्रहरी कार्यालय रत्ननगर चितवनले साइकल हराएको व्यक्तिहरुलाई निवेदन दिन आग्रह गरेको छ । हराएका साइकलहरु खोजी गरेपछि प्रहरीले साइकल धनीहरुलाई आफ्नो साइकलको बनोट सहितको विवरण लिएर कार्यालयमा आउन आग्रह गरेको हो ।

टाँडीबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति, समय र स्थानबाट वेवारिसे अवस्थामा साईकल फेला पारेको थियो । हालसम्म पनि ती साईकलहरुको धनि खुल्न नआएकोले साईकलहरुको फोटो फेसबुकमा राख्दै सर्वसाधारणलाई ईलाका प्रहरी कार्यालयले जानकारी दिएको हो ।

उक्त साईकलहरु हराएको तथा भएको भनी कुनै निवेदन तथा उजुरी दिएका व्यक्तिहरुले ईलाका प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>