चितवन विशेष

जनताको मुहारमा हाँसो ल्याउन सत्ता गठबन्धन आवश्यक छ: जोशी

Banner

चितवन,कात्तिक २-

समाज परिवर्तनको लागि सत्ता गठबन्धनले जित्न जरुरी रहेको नेपाली कांग्रेसका नेता उत्तम जोशीले बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बोल्दै जोशीले अहिलेको सत्ता गठवन्धन भनेको जनताको मुहारमा हाँसो ल्याउन बनेको बताए । संविधान विरोधी गतिविधी गर्नेहरुलाई निस्तेज गर्दै गठवन्धनमा एकताबद्ध हुन उनले आग्रह गरेका छन्। उनी सत्ता गठवन्धनका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वार हुन् ।

जनता समाज परिवर्तनको पक्षमा रहेकोले गठबन्धन रहरले नभई बाध्यताले बनेको जोशीले बताए । उनले भने, ‘समाज परिवर्तनको लागि सत्ता गठबन्धनले जित निकाल्न जरुरी छ । जनताको मुहारमा हाँसो ल्याउन सत्ता गठबन्धन आवश्यक रहेको उनी बताउँछन् ।

केपि ओली सरकारले संबिधानको मर्म विपरित काम गरेको बताउँदै उनले यो गठवन्धन आबश्यक रहेको बताउए। संविधान र लोकतन्त्रको रक्षा संगै समृद्ध नेपालका लागि गठवन्धनलाई मतदान गर्न उनले अनुरोध गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, उमेश श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्बोधन गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>