चितवन विशेष

फुटपाथ खाली गराउँदै भरतपुर १ का वडाध्यक्ष महर्जन (भिडियो)

Banner

चितवन, कात्तिक १–

नारायणगढमा फुटपाथ कब्जा गरेर व्यवसाय गर्ने क्रम बढेसंगै भरतपुर महानगरपालिकाको वडा नम्बर १ ले फुटपाथका सामग्री हटाउन थालेको छ । सटर भाडामा लिएका ब्यवसायीले फुटपाथमा सामग्री राखेपछि वडा कार्यालयले त्यसलाई हटाउन थालेको हो ।

पैदलयात्रुलाई आवातजावतमा कठिनाइ भएपछि वडाध्यक्ष केशव महर्जनले फुटपाथ खाली गराउने अभियान सुरु गरेका हुन् । उनले सटरभित्रै सामान राख्न आग्रह गर्दै अटेर गरेर सामान जफत गर्ने चेतावनी दिएका छन् । सुरुमा नगर प्रहरीले आफै भित्र सामान राखिदिने गरेका छन् । बजारलाई व्यवस्थित गर्न फुटपाथबाट काम सुरु गरेको वडाध्यक्ष महर्जनले बताए ।

नगर प्रहरीको टोलीले नारायणगढको बालकुमारी रोड, लायन्स चोक, शहिद चोक, भृकुटी पथ, पुतली बजारका पसल अघि फुटपाथमा राखिएका सामान हटाउन सुरु गरिएको हो । अनुगमनको क्रममा फेरि सामान राखेको भेटिए सामान जफत गरिने वडाध्यक्षले महर्जनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>