चितवन विशेष

चितवनका जनताको सुख दुःखमा साथ दिन्छु, रातदिन काम गर्छु : रवि लामिछाने

Banner

चितवन, कात्तिक १–

चितवन क्षेत्र नं २ बाट उमेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला घरदैलोमा व्यस्त छन् । उनी पुगेको ठाउँमा छोटो समयमा मान्छेको भिड लाग्ने गर्छ । रविलाई हेर्नकै लागि पनि मान्छेको भिड लाग्ने गरेको छ । घरदैलोका क्रममा आज विकास चोक पुगेका रविले यहाँको जनताको लागि दिनरात नभनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चितवनका जनताले यसपाली परिवर्तनको घण्टी बजाउने पनि उनले विश्वास व्यक्त गरे । ‘चितवनले यसपाली परिवर्तनको घण्टी बजाउने छ’, उनले भने, ‘म यहाँ चुनाव जित्न मात्र आएको होइन । चुनाव जितु वा नजितु यहाँ दिनरात काम गर्ने छु । यहाँको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्छु ।’

राम्रो मान्छे चुन्न सकियो भने देशमा परिवर्तन सम्भव छ भन्ने कुरा देशभरलाई थाहा हुने उनले बताए । आफु नयाँ पुस्ताको प्रतिनिधिका रुपमा आएको भन्दै उनले चितवनका जनताको सुख दुःखमा सँधै साथ दिने प्रतिबद्धता व्यक्त गरे । रविले आज आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भरतपुर–५ मा घरदैलो कार्यक्रम गर्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>