Breaking News

आसन्न चुनावका लागि चितवनमा चार लाख बढी मतदाता, पुरुष भन्दा महिला धेरै

Banner

चितवन, असोज ३१-

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आयोगकाअनुसार यसपटकको निर्वाचनमा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् ।

जसमध्ये एक लाख ९९ हजार ३२ पुरुष मतदाता, दुई लाख नौ हजार ३०९ महिला मतदाता रहेका छन् । चितवनमा पुरुष भन्दा महिला मतदाताको संख्या १० हजार २७७ ले बढी रहेको निर्वाचन अयोगको तथ्यांकमा उपलब्ध छ । चितवनको तीन निर्वाचन क्षेत्रमा १६२ मतदान स्थल र ४६० मतदान केन्द्र रहेका छन् ।

निर्वाचन अयोगका अनुसार देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । यीमध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।

देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् ।

आयोगकाअनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन् भने मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् । त्यस्तै, वाग्मती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् । देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको आयोगले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>