चितवन विशेष

गजुरेलको पहलमा चितवनका चार विद्यार्थीलाई साइकल सहयोग

Banner

चितवन, असोज ३१-

समाजसेवी मुरलीप्रसाद गजुरेलको पहलमा चार जना विद्यार्थीलाई साइकल सहयोग जुटेको छ ।

राप्तीको कोराक चिप्लेटीका एकजना र पर्सा रसौलीका तीनजनाले साइकल सहयोग उपलब्ध भएको हो ।

राप्ती नगरपालिका–१० कोराक चिप्लेटीका सरोज चेपाङ गाउँदेखि झण्डै सात किलोमिटर पर वीरेन्द्रनगरको क्याम्पसमा ११ कक्षा पढ्न आउँछन् । टाढाबाट पढ्न आउने भएका कारण उनका लागि साइकल सहयोग प्राप्त भएको हो ।

खैरहनी नगरपालिका–६ का राजेश्वर सापकोटाका अष्ट्रेलियामा बस्ने छोरा खगेन्द्रले चारवटा साइकलका लागि सहयोग रकम उपलब्ध गराएका हुन् । आज सरोज चेपाङले साइकल पाएका छन् । रसौलीबाट नौ किलोमिटर जति टाढा खैरहनीमा कक्षा ११ मा पढ्न आउने तीनजना विद्यार्थीलाई केही दिनपछि साइकल हस्तान्तरण हुनेछ । सरोज चेपाङका लागि भर्ना, पोशाक र स्टेशनरी सहयोग पनि समाजसेवी मुरलीप्रसाद गजुरेलको पहलमा जुटेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>