चितवन विशेष

भरतपुरका उपमेयरलाई जग्गा धनी र व्यवसायीले कार्यकक्षमै घेरे, कित्ताकाट खुलाउन माग

Banner

चितवन, असोज ३१–

भरतपुर महानगरपालिकामा जग्गाको कित्ताकाट रोकिएको तीन महिना भन्दा बढि भयो । लामो समसयसम्म जग्गाको कित्ताकाट नखुलाइएको भन्दै जग्गा धनी र व्यवसायीले आइतरबार महानगरका उपमेयर चित्रसेन अधिकारीलाई उनकै कार्यकक्षमा घेरा हालेका छन् ।
कित्ताकाट खुलाउन माग गर्दै उनीहरुले उपमेयर अधिकारीलाई घेरेका हुन् ।

उनीहरुले मेयर रेनु दाहाल र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटालाई पनि भेटेर कित्ताकाट खुलाउन आग्रह गरेका छन् । मेयर र प्रमुख प्रशासकिय अधिकृतले आज (सोमबार) फाइल हेरेर छलफल गर्ने र मंगलबार नीतिगत निर्णय गरेर जग्गाको कित्ताकाट खुलाउने आश्वासन दिएको नारायणी जग्गा तथा आवास व्यवसायी संघका सचिव सुदिप रेग्मीले बताए ।

प्रमुख प्रशासकिय अधिकृत सापकोटाले नीतिगत निर्णय गरेर कित्ताकाट खुलाउन चाहन्छन् भने मेयर दाहाल महानगरमा आएका फाइल हेरेर खुलाउन चाहेको उनले बताए । फाइल हेरेर कित्ताकाटको स्वीकृति दिँदा आर्थिक चलखेल हुन सक्ने भएकाले नीतिगत रुपमा नै छिट्टै कित्ताकाट खुलाउन भनिएको रेग्मीले बताए ।

‘कित्ताकाट नखुल्दा व्यवसायीलाई मात्रै हैन जग्गा धनीलाई पनि समस्या भएको छ’, उनी भन्छन्, ‘जग्गा बेचेर उपचार गराउनुपर्ने भएका विरामीलाई समस्या छ । विदेश जान खोजेका जान पाएका छैनन् । धेरै जग्गा धनीहरु हामीकहाँ गुनासो गर्न आउनुभएको छ ।’

उपमेयर अधिकारीले पनि जग्गा कित्ताकाट खुलाउने विषयमा आज छलफल हुन लागेको बताए । केन्द्रिय निर्देशनको आधारमा महानगरले जग्गाको वर्गिकरण गर्न वडास्तरमा समिति गठन गरेको छ । उक्त समितिले कुन जग्गा कस्तो प्रकृतिको हो सो खुलाएर पठाएपछि महानगरले नीतिगत निर्णय गरी कित्ताकाट खुलाउने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>