अन्तर्राष्ट्रिय

‘ए रिस्ता क्या कहलता हैं’ की अभिनेत्री वैशाली टक्करको मृत्यु, घटनास्थलमा सुसाइड नोट फेला

Banner

काठमाडौं, असोज ३०

भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ ।

तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । उनले चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट अभिनय करिअर थालेकी थिइन् । अर्को चर्चित सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो ।

नेपालमा समेत उनको राम्रै फ्यान फलोइङ छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>