मनोरञ्जन

मलाई पार्टीले अन्याय गर्‍यो, म प्रत्यक्षतर्फ चुनाव लड्न पनि सक्षम थिएँः करिष्मा

Banner

काठमाडौ,असोज २४-

नायिका करिष्मा मानन्धरले नेकपा एमालेले आफूलाई अन्याय गरेको बताएकी छन् । एमालेले आफूलाई समानुपातिक र प्रत्यक्षतर्फ दुवैमा टिकट नदिएर अन्याय गरेको उनको भनाइ छ ।

“समानुपातिकतर्फ मलाई राखेको भए पनि हुन्थ्यो । कलाकारको प्रतिनिधित्व पनि हुन्थ्यो । मैले बुझेअनुसार समानुपातिक संसदलाई समावेशी र सबैको प्रतिनिधित्व हुन्छ भनेर नै गरिएको व्यवस्था हो,” करिष्मा भन्छिन्, “मेरो घरमा सबै ठिक छ, मैले राजनीति गर्ने भनेको कला क्षेत्रको उत्थानका लागि र महिलाको हितका लागि हो । मेरो व्यक्तिगत स्वार्थका लागि होइन । यो पार्टीले बुझ्ने कुरा पनि हो ।”

समानुपातिकतर्फ नभए आफू प्रत्यक्षतर्फ लड्न पनि योग्य रहेको तर यो कुरा एमालेले बिर्सिएको उनको गुनासो छ । “प्रत्यक्षतर्फ दिएको भए पनि म प्रतिस्पर्धा गर्न तयार थिएँ । म प्रत्यक्षतर्फका लागि चुनाव लड्न सक्षम पनि थिएँ,” करिष्मा अगाडि थप्छिन्, “म टिकट माग्न पार्टी अध्यक्ष र नेताहरूको घरमा गइनँ होला । तर, पार्टीले बुझेर दिने हो । कसको कहाँ प्रतिनिधित्व गराउने हो, आवश्यकताका आधारमा टिकट दिने हो ।” पार्टीप्रति असन्तुष्टि रहे पनि एमाले आफूले नछोड्ने उनले स्पष्ट पारिन् । पार्टीभित्रै बसेर संघर्ष गर्ने उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>