Breaking News

चितवनका दुई डाक्टर राजिनामा दिएर चुनाव लड्दै

Banner

चितवन,असोज २३-

चितवन क्षेत्र नं १ र ३ मा दुई जना डाक्टरले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने हुनुभएको छ । आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ भने डा भोजराज अधिकारीले भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।

पौडेल नेपाली कांग्रेसका तर्फबाट र अधिकारी नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बन्न लाग्नुभएको हो । पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिइसकेको बताउनुभएको छ ।

अधिकारीले आजै राजिनामा दिनुभएको हो । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएको हो भने अधिकारी फिजिसियन हुनुहुन्छ । उहाँहरुले आज खैरहनी र रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्दै हुनुहन्छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>