Breaking News
काँग्रेसले टिकट नदिएपछि चितवन-१ मा राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने
०

चितवन,असोज २३-
चितवन क्षेत्र नम्बर १ बाट काँग्रेस नेता राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।
चितवन-१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेसबाट विश्व पौडेलले टिकट पाएका छन् । काँग्रेसले पार्टीमा केही योगदान नभएको व्यक्तिलाई उम्मेदवारको लागि अगाडि सारेको बुर्लाकोटीले बताएका छन् ।
वि.सं. २०३७ देखि सक्रिय राजनितीमा लागेका बुर्लाकोटी उसअघि दुइ पटक सम्म पार्टीका उम्मेदवार भइसकेका छन् । उनी दुबै पटक एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए ।आफू उम्मेदवार हुँदा लोकप्रिय मत ल्याएको उनले दाबी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























