चितवन विशेष

नारायणगढको एस बी कम्प्युटरले ल्यायो ‘पर्वोत्सवको बहार, उपहारै उपहार’ योजना

Banner

भरतपुर, असोज १२–

नारायणगढको लायन्सचोकमा रहेको एस बी कम्प्युटरले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘पर्वोत्सवको बहार, उपहारै उपहार’ योजना ल्याएको छ । दशैँको घटस्थापनादेखि छठ पर्वको भोलिपल्टसम्म मान्यहुने उक्त योजनामा जुनसुकै डिभाइसको खरिदमा विशेष उपहार दिइने एस बी कम्प्युर्टसका सञ्चालक लिलानाथ भूषालले जानकारी दिए ।

भुषालका अनुसार ६० हजार वा सोभन्दा माथीको खरिदमा हरेक ग्राहकले फाईन डाईनरमा तीन जनासम्मको लागि लन्च प्याकेज पाउनेछन् ।

त्यस्तै एक लाख वा सो भन्दामाथीको खरिदमा हरेक ग्राहकलाई दुई वटा फिल्म टिकटको साथै अटाली रेष्टुरेन्टमा दुई जनाको लागि डिनर प्याकेज पाउने उनले बताए । एक लाख पचास हजार वा सोभन्दा माथीको हरेक खरिदकर्ताले अशोका रिसोर्टमा दुईजनासम्मको लागि स्टे (बेड र ब्रेकफास्ट) सहितको प्याकेज पाउने भूषालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>