मनोरञ्जन

गायिका अन्जु पन्तको नयाँ गीत ‘आफ्नै सासको त छैन भर’ सार्वजनिक

Banner

चितवन, असोज ८-

लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा ‘आफ्नै सासको त छैन भर’ सार्वजनिक भएको छ ।

गीतमा मोडल तथा युवा गीतकार मनोज सिग्देल (युरेश) को शब्दरचना र बबिता मानन्धरको संगीत रहेको गीतको भिडियोलाई अन्जु पन्त अफिसियलबाट सार्वजनिक गरिएको हो ।

‘आफ्नै सासको त’ भिडियोमा पछिल्लो समयकी लोकप्रिय मोडेल स्मारिका ढकाल ,मनोज सिग्देल र चादनी कुँवरको अभिनय रहेको छ । मन्दिरा उप्रेतीको निर्माण रहेको भिडियोमा उजन कुमार भारतीको सिनेमाटोग्राफी, राकेश दाहालको सम्पादन रहेको भिडियोलाई रामजी ज्ञवालीको निर्देशन रहेको छ । गीतकार मनोज सिग्देल (युरेश) को यसअघि गायक सुगम पोखरेलको स्वरमा ‘लाखौमा एक तिमी’ गीत आएको थियो जसलाई दर्शकले अत्यधिक मन पराएका थिए । त्यस्तै उनको गायक बुद्ध लामाको स्वरमा ‘आफू भन्दा जेठी’ ,रचना रिमाल सँगको ‘तिमी बिना मुटु दुख्छ’, लकडाउनको तीजलगायत गीतहरु बजारमा आइसकेका छन् । पुराना लोकप्रिय गायकगायिका देखि नयाँ युवा पुस्ताकासँग पनि उतिकै काम गर्न सिपालु युवा गीतकार एबम मोडेल सिग्देलले यो तिहार लगत्तै पछाडि लोकप्रिय गायक राजु लामाको स्वरमा पनि गीत आउँदै गरेको नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>