अन्तर्राष्ट्रिय

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

Banner

काठमाडौँ, असोज ५-

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको हृदयघातका कारण निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सुमा उपचारकै क्रममा निधन भएको हो । उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नुभयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं,श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन् ।

स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जुको पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी ुबिग बोसुको तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

उनले मैने प्यार किया, बाजिगरु, आम्दानी अठन्नी खर्च रुपैयाँ, र बम्बई टू गोवाुको रिमेकमा समेत अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>