चितवन विशेष
चितवनमा छेवङ लामाको उपस्थितीमा दशैँ म्युजिकल शो हुने
०

चितवन, असोज ५–
चितवनमा आगामी असोज १४ गते दशैँ म्युजिकल शो हुने भएको छ । छेवङ लामासहित विभिन्न कलाकारकारको उपस्थितीमा म्युजिकल शो हुने भएको हो ।
लामाको दोस्रो पटक भरतपुरमा भब्य म्युजिकल शो गर्न लागिएको आयोजक पोजेटिभ इभेन्ट चितवनका अध्यक्ष रविन क्षेत्रीले बताए । भरतपुरको सिनर्जी रोडमा रहेको लाइम एण्ड लेमोन क्याफेमा बेलुका ६ देखी ११ बजे सम्म कार्यक्रम हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए। म्युजिकल शो मा लामाले आफ्ना हिट गितहरु प्रस्तुती दिनेछन्।
उक्त शो हेर्नका लागी ३०० र ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले बताए । टिकट ईसेवाबाट पनि खरिद गर्न सकिने छ । त्यसबाहेक लाइम एण्ड लेमोन र जंगल जुक्सन भरतपुरबाट पनि टिकट पाउन सकिने क्षेत्रीले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























