अन्तर्राष्ट्रिय

हिन्दी फिल्म ‘उचाइ’ को ६० प्रतिशतभन्दा बढी छायाँकन नेपालमा, सार्वजनिक पोस्टर देखिए अमिताभ हिमालमुनि 

Banner

काठमाडौं, असोज ३-

नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ ।

राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनैजना हिमालुमनि देख्न सकिन्छ ।

नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । फिल्मको निर्देशक सुरज बड्जात्या हुन् । फिल्ममा धेरै नेपाली कलाकारले पनि अमिनय गरेका छन् । नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो । सिनेमाले मित्रताको कथा भन्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>