सूचना-प्रविधि

आजदेखि एमडिएमएस लागू हुने, अवैध रूपमा भित्राइएका मोबाइल नचल्ने

Banner

काठमाडौं, भदौ ३०-

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सफ्ट लञ्च गर्ने भएको छ। प्राधिकरणले आज (विहिबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार सचिव वैकुण्ठ अर्याल, भन्सार विभागका महानिर्देशक, अर्थ मन्त्रालय प्रतिनिधि लगायतको उपस्थितिमा एमडिएमएस सार्वजनिक गर्ने भएको हो।

प्राधिकरणले नेपालमा अनधिकृत रूपमा वा गैरकानुनी रूपमा मोबाइल फोनहरू आयात हुने समस्यालाई नियन्त्रण गर्न एमडिएमएस लागू गर्न लागेको हो। उक्त प्रणाली लागू भएपछि वैध रूपमा आयातित मोबाइल फोनहरूको मात्रै चल्छ।

आजसम्म नेपालमा विविध तरिकाले भित्रिएका सबै फोनलाई हामीले ह्वाइट लिस्टमा राखिसकेका छौं। तर एमडिएमएस लागू भएपछि अवैध रूपमा भित्रिने फोनहरूलाई हामीले ब्लक नै गर्ने योजना छ,प्राधिकरणका एक अधिकारीले जानकारी दिए।

उनका अनुसार प्राधिकरणले त्यसरी अवैध रूपमा भित्रिएका फोनहरूलाई रजिस्टर गर्न एसएमएसमार्फत १५ दिनको समय दिनेछ। १५ दिन भित्र रजिस्टर नभएको खण्डमा भने त्यस्ता फोनलाई ब्लक गरिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>