Breaking News

नेपाल-भारत बैठकः ‘चितवनसम्म पेट्रोलियम र एलपीजी पाइपलाइन विस्तारमा तीव्रता दिइने’

Banner

चितवन,भदौ २९-

नेपाल र भारतबीच बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारिदेखि चितवनसम्म एलपीजी पाइपलाइन विस्तार तीव्र रुपमा विस्तार गरिने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार सम्पन्न द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकले चितवनसम्म दुवै पाइपलाइन निर्माण गर्ने कार्यलाई तीव्रता दिने सहमति गरेको हो ।

दुवै देशका परराष्ट्रसचिवबीच भारतको हैदराबाद हाउसमा भएको बैठकमा भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि सहभागी थिए । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त वार्तामा नागरिक नागरिकबीचको सम्बन्ध सुदृढीकरणका लागि रामायण सर्किटको परियोजना प्रस्तावमा छिटो अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

द्विपक्षीय बैठकका लागि भारतका विदेशसचिव विनय मोहन क्वात्राको निमन्त्रणामा नेपालका परराष्ट्रसचिव मंगलबार भारतको राजधानी नयाँदिल्ली गएका थिए । मंगलबार नै उनीहरूबीच भएको द्विपक्षीय बैठकमा आर्थिक र व्यावसायिक सहयोग, कनेक्टिभिटी, विकास सहयोग, व्यापार, संस्कृति र नागरिक-नागरिकबीचको सम्बन्धलगायत विषयमा द्विपक्षीय सहयोगको सम्पूर्ण पक्षहरूमाथि समीक्षा भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>