मनोरञ्जन

पल शाह प्रकरणकी नाबालिग पीडित भन्छिन्ः ‘मलाई क्षतिपूर्ति लिनै मन छैन’

Banner

काठमाडौं,भदौ २९-

अभिनेता पल शाहलाई बलात्कार आरोपमा मुद्धा हालेकी पीडित नाबालिग किशोरीले आफूले क्षतिपूर्तिवापतको रकम माग दावी नगरेको र नलिने बताएकी छिन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दे ती पीडित किशोरीले अदालतले गरेको फैसला अनुसारको क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय आफ्नो नरहेको बताएकी हुन् ।

आफूले भोगेको उक्त घटना आफ्नो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना भएको उनले बताएकी छन् । सामाजिक सञ्जालमा आफ्नोविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मानसपटलमा नकरात्मक प्रभाव पनि उनले बताएकी छन् । उक्त समस्यालाई आफ्नै परिवारको जसरी सम्झनसमेत उनले आग्रह गरेकी छन् । उनले आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग रहेकोसमेत दावी गरेकी छन् ।

अभिनेता पल शाहलाई ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आधारमा अदालतले साढे २ वर्ष जेलसहित १० लाख क्षतिपूर्ति र २५ हजार जरिवानाको फैसला गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>