चितवन विशेष

मुस्लिम मुक्ति मोर्चा चितवनको अध्यक्षमा नेकमहम्मद मियाँ

Banner

चितवन, भदौ २८–

मुस्लिम मुक्ति मोर्चा नेपाल चितवनको अध्यक्षमा नेकमहम्मद मियाँ निर्विरोध चयन भएका छन्। नारायणगढमा सम्पन्न तेस्रो जिल्ला भेलाले २ वर्षे कार्यकालका लागि मियाँलाई चयन गरेको हो ।

उनको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उक्त समितीको उपाध्यक्षमा सफि मियाँ, कुरेत अहम्मद सिद्धिके र युसुफदिन मियाँलाई चयन गरिएको छ । सचिवमो आजमदिन बरकाती, सहसचिवमा महम्मद सइदिन, निव खान, रफि मियाँ र नसिब शेख त्यस्तै कोषाध्यक्षमा भने स्माइलदिन मियाँ चयन भएका छन्।

जिल्ला भेलालाई मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अत्तर हुसेन फारुकीले सम्बोधन गरेका थिए । उनले समुदायको उत्थानका लागि एक्वद्धता र खबरदारी आवश्यक रहेको बताएका छन् । ‘मुस्लिम समुदायको पहिचान स्थापित गर्न अझै संघर्षहरु बाँकी रहेको छ,उनले भने, माओवादी केन्द्रकै कारण मुस्लिम आयोग गठन, राष्ट्रिय विदा, धर्म निरपेक्षता जस्ता विषयले प्राथमिकता पाएकाले आसन्न चुनावमा सोही अनुसार मोर्चा प्रतिवद्ध भएर लाग्नु पर्छ।’

जिल्ला भेलामा बोल्दै माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले सीमान्तकृत, सर्वहरा वर्ग र मजदुर किसानको पक्षमा माओवादी निरन्तर लागिरहने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>