चितवन विशेष

बागमती प्रदेशस्तरीय भलिबल खेलाडी छनौट चितवनमा सुरु

Banner

चितवन,भदौ २९-

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय पुरुष भलिबल खेलाडी छनौट सुरु भएको छ । प्रथम बागमती प्रदेश प्रतियोगिताबाट छनौट भएका ४० खेलाडीबाट राष्ट्रिय खेलकुदका लागि अन्तिम खेलाडी छनौट सुरु भएको हो ।]

प्रदेशका १३ जिल्लाका ४० खेलाडीमध्ये पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि १२ जनामात्रै खेलाडी छनौट गरिने प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो । पुरुष भलिबलतर्फ प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगितामा चितवनका मात्रै १७ खेलाडी सहभागी छन् भने बाँकी १२ जिल्लाबाट २३ खेलाडी सहभागी छन् । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले पुरुष भलिबल छनौट प्रतियोगिताको सोमबार उद्घाटन गर्नुभएको थियो

उहाँले खेलकुदको विकासका लागि बागमती प्रदेश सरकारले विभिन्न योजनाहरु बनाएर काम गरिरहेको बताउनुभयो । प्रतियोगिताको उद्घाटनसत्रमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङ, भरतपुर महानगर खेलकुद विकास समिति संयोजक विकास गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>