चितवन विशेष

भरतपुर-७ का देवराज अधिकारी ८ दिनदेखि वेपत्ता,खोजी गरिदिन परिवारको आग्रह

Banner

चितवन,भदौ २८-

चितवनको भरतपुर महानगरपालिका ७ का ५३ बर्षिय देवराज अधिकारी ८ दिनदेखि वेपत्ता भएका छन् । उनि भदौ २० गते दिउसो १२ बजे भरतपुर ७ मनकामना टोल १ नम्वर क्यान्सर अगाडि रहेको घरबाट निस्केको परिवारले जनाएको छ । उनले निलो रङको रक्तदान जिवनदान लेखेको टिसर्ट र निलो रङको हाफ पाइन्ट लगाएका छन् । दाह्री कपाल सेतै भएको उनको ५ फिट ३ इन्च उचाई छ ।

उनको मानसिक सन्तुलन समेत ठिक नभएको र उनलाई भेट्ने देख्ने कोही कसैले नजिकको प्रहरी कार्यालय वा दाइ हरि अधिकारी (९८४६४०३३४५) र भतिज प्रताप अधिकारी (९७४५९६८१०६) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>