चितवन विशेष

बालकुमारी माविका विद्यार्थीलाई स्टेशनरी सहयोग

Banner

घना गुरुङ,

चितवन,भदौ २७-

नारायणगढमा रहेको बालकुमारी उच्च माविका विद्यार्थीलाई स्टेशनरी सामान सहयोग गरिएको छ । बाल दिवस र जन्मदिनको अवसर पारेर सोमबार विपन्न ३१ विद्यार्थीलाई १० हजार बराबरको स्टेशनरी सामान सहयोग गरिएको हो ।

लायन्स क्लब अफ नारायणी क्रियटिभको संयोजनमा लक्ष्मी बैंक नारायणगढका शाखा प्रमुख निरपेस चन्द्र श्रेष्ठले २ बर्षिया छोरी मिवा श्रेष्ठको जन्मदिनको अवसर पारेर स्टेशनरी सामान सहयोग गर्नुभयो । पहिलो चरणमा कक्षा ३ का विद्यार्थीलाई मात्र स्टेशनरी सामान वितरण गरिएको र अन्य विद्यार्थीलाई पनि क्रमश वितरण गरिदै जाने संस्थाकी अध्यक्ष सत्या गुरुङले बताउनुभयो ।

विद्यालयका साना बालबालिकालाई एउटा जिम्मेवार व्यक्ती बनेर सहयोग गरेको भन्दै स्कूलका प्रधानाध्यापक आनन्द राज सापकोटाले धन्यबाद ज्ञापन गर्नुभयो ।
एमजेएफ लायन सेकेण्ड भाइस डिष्ट्रिक गर्भनर तथा कार्यक्रमका प्रमुख अतिथि दीनानाथ न्यौपानेले लायन्स क्लब अफ नारायणी क्रियटिभले विपन्न र समस्यामा परेकाहरुको क्षेत्रका काम गर्दै आइरहेको बताउनुभयो । उहाँले क्लबले सामाजिक कामलाई निरन्तरता दिने समेत प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रम लायन गंगा राज भण्डारीको संयोजकत्वमा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>