चितवन विशेष

पोखरेलको नेतृत्वमा नेपाल फोटो पत्रकार महासंघ चितवन पुनःगठन

Banner

चितवन,भदौ २७-

नेपाल फोटो पत्रकार महासंघ (एफ एन पी जे) जिल्ला समिति चितवनको अध्यक्षमा आनन्द पोखरेल निर्विरोध चयन भएका छन् । सोमबार भरतपुरमा बसेको भेलाले पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति पुनःगठन गरेको हो ।

शाखाको उपाध्यक्षमा अनिल भट्टराई, सचिवमा सुनील पराजुली, सहसचिवमा निशा श्रेष्ठ, कोषाध्यक्षमा सुनीलकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा प्रतिमा कुमाल निर्विरोध चयन भएका छन् । त्यसैगरी जिल्ला सदस्यहरु कुलप्रसाद काफ्ले, चरनदेव महतो, पूजा ढकाल, निरुता विक, प्रकाश तामाङ, सुरज परियार, सन्तोष परियार, शिव सुनार र रामचन्द्र अर्याल निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि एवं नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीको उपस्थितिमा जिल्ला समिति पुनःगठन गरिएको हो ।
त्यसैगरी महासंघको केन्द्रीय सदस्यका लागि जिल्लाबाट प्रविन बराल र बद्रि अर्याल तथा प्रदेश कमिटी सदस्यका लागि गीता गुरुङ र अस्मिता पराजुलीलाई सिफारिस गर्ने निर्णय गरिएको शाखा अध्यक्ष पोखरेलले बताए । प्रदेश कमिटी सदस्यमा पछि थप एक जना सिफारिस गरिने पोखरेलको भनाइ छ । त्यसैगरी जिल्ला शाखा चितवनका निवर्तमान अध्यक्ष कोमलचन्द्र भगतको संयोजकत्वमा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी र सल्लाहकार तिलकराम रिमाल सदस्य रहनेगरी सल्लाहकार समिति गठन गरिएको पोखरेलले जानकारी दिए ।

महासंघ चितवन शाखाले चाँडै नै फोटो पत्रकारहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पोखरेलले बताए । जिल्लामा टेलिभिजन पत्रकार तथा फोटो पत्रकारहरुलाई महासंघमा एकताबद्ध गरेर अघि बढ्ने पोखरेलको भनाइ छ । यसैबीच, नेपाल फोटो पत्रकार महासंघको यही भदौ २९ देखि ३१ गतेसम्म चितवनको सौराहामा हुने दोस्रो केन्द्रीय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि जिल्लाले सक्दो सहयोग गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>