समाचार

कुमाल समुदायको पेशा जोगाउँदै नगरपालिका

Banner

कालीकोट, भदौ २७-

जिल्लाको रास्कोट नगरपालिकाले कुमाल समुदायको पेशा जोगाउन तीनमहिने तालिमको आयोजना गरेको छ ।

कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा रहेको माटाको भाँडा बनाउनका लागि तालिमको आयोजना गरिएको हो । नगरपालिकाले कुमाल समुदायको पेशाको रक्षाका लागि तीनमहिने तालिम सुरु गरेको नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो । पछिल्लो समय युवापुस्ताले आफ्नो परम्परागत पेशालाई बिर्सदै गएकाले युवापुस्तालाई पेशाप्रतिको आत्म विश्वास दिलाउन नगरपालिकाले तालिम आयोजना गरेको उहाँको भनाइ छ ।

नगरपालिकाले कुमाल समुदायले माटोबाट निर्माण गरेका भाँडाको बजारीकरण गर्ने पनि जिम्मा लिने नगरपालिकाले जनाएको छ । कुमालले माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका बस्तु बनाउने गर्दछन् ।

कुमाल समुदायको तीन सय १६ घरधुरी रहेको कुमालवाडामा अहिले एकै जनाले पनी यो पेशा गरेका छैनन् । करिब एकदशकदेखि यो समुदाय यो पेशाबाट विस्थापित बनेपछि नगरपालिकाले उनीहरुको पेशा संरक्षणका लागि विशेष पहल थालेको हो ।

स्थानीय मनसिङ्गे कुमालका अनुसार माटो, दाउराको अभाव र युवापुस्ता पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्थामा आएकोे छ । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरे पनि अहिले भाँडा बनाउन छाडेका छन् । पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि सङ्कटमा परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>