मनोरञ्जन
गायक कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट
०

काठमाडौं, भदौ २६-
गायक कमल खत्री र मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरूले इन्गेजमेन्ट गरेको जानकारी दिएका हुन्। ‘जीवनको नयाँ अध्यायको सुरुआत तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो। चाहना यति छ कि साथ र माया सधैं पाइरहुँ। जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौं,’ गायक खत्रीले फेसबुकमा लेखेका छन्।
कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























