चितवन विशेष

को हुन प्रचण्ड र विक्रम पाण्डेसंग स्वतन्त्र चुनाव लड्ने तयारी गरेका चन्द्रबिलास अधिकारी ?

Banner

चितवन,भदौ २५-

चितवनका युवा व्यवसायी चन्द्र विलाश अधिकारीले मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका छन् । उनले चितवन क्षेत्र नम्वर ३ मा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका छन् । सो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका तर्फबाट उम्मेदवार बन्दैछन् । यस्तै राप्रपाका नेता विक्रम पाण्डे पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

देशमा कुशासन बढ्दै गएको भन्दै सुशासन स्थापनाका लागि आफुले उम्मेदवारी दिन लागेको अधिकारीले बताए । उनले भने,‘देशमा जताततै विकृती छ, भ्रष्टाचार र महंगी छ, यसको भण्डाफोर हामी युवाले गर्नु जरुरी छ ।’ उनले स्वास्थ्य शिक्षालाई हरेक नागरिकको पहुँचमा पु¥याउन र निःशुल्क बनाउने आफ्नो मुख्य एजेण्डा रहेको बताए । उनले राजनीतिक दलको आडमा गुण्डागर्दी र लुटतन्त्र मौलाएको भन्दै त्यसको बिरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । उनले आफुले निर्वाचनको समयमा जनतामा व्यक्त गर्ने प्रतिबद्धता सहितको घोषणापत्रको तयारीमा रहेको समेत जानकारी दिएका छन् ।

उनले चितवनमा #म पनि आउँदैछु अभियान संचालन गरेका छन् । लम्जुङ दोर्दी गाउँपालिका वडा नम्वर १ सिरुवारीमा जन्मिएका अधिकारी हाल भरतपुरमा बस्दै आएका छन् । बालकुमारी कलेजबाट स्नातक अध्ययन गरेका उनले भरतपुरमा विभिन्न व्यवसाय संचालन गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>