Breaking News

पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन गरेका हौंः गृहमन्त्री खाँण

Banner

चितवन, भदौ २४–

गृहमन्त्री बालकृष्ण खाँणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धनलाई अगाडि बढाएको बताएका छन् ।

आज (शुक्रबार) नेपाली कांग्रेस चितवनले भरतपुरमा गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान पहिलो चरणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सबै पार्टीहरुलाई लोकतान्त्रिक बनाउनकै लागि गठबन्धन बनेको जिकिर गरे । कतिपयलाई अहिले गठबन्धन मन नपरे पनि विस्तारै सबै पार्टी सुधार्दै अघि लैजाने बताए । ‘गठबन्धन कतिपयलाई रुचीकरण नहुन सक्छ तर पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धनलाई अगाडि बढाएको हौं’ गृहमन्त्री खाँणले भने ‘सबैलाई सुधार्ने कांग्रेसले नै हो, पार्टीलाई पनि सुदृढ गर्नुपर्छ, अरु पार्टीलाई पनि विस्तारै सुधार्छौ ।’

गृहमन्त्री खाँणले गत निर्वाचनमा नेकपाले बहुमत हासिल गरेपछि संविधान माथि नै प्रहार गरेकाले बाध्य भएर यो सरकार बनेको बताए । ‘लोकतान्त्रिक मुल्यमान्यता, मानव अधिकारी, नेपालको परम्परा र सँस्कृतिमाथि नै केपी ओली सरकारले प्रहार गर्‍यो, त्यसैले जोगाउन यो सरकार बनेको हो’–गृहमन्त्री खाँणले भने ।

यस्तै उनले नेपालको पहिचान स्थापनमा वीपी कोइरालाको ठूलो भूमिका र योगदान रहेको भन्दै स्मरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>