चितवन विशेष
कानेको हत्या आरोपमा थप एक व्यक्ति रुपन्देहीबाट पक्राउ

चितवन, भदौ २४–
काने भनिने अनिल परियारको हत्या अरोपमा चितवन प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देही प्रहरीको सहयोगमा भरतपुर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय तिलक गैरेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहियास्थित लुकीछिपी हिडि रहेको अवस्थामा विहीबार विहान पक्राउ गरिएको हो । गैरेलाई आज विहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदो अवस्थामा गत वैशाख २५ गते साँझ ७ः३० बजेको समयमा भरतपुर–७ कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङको भित्री सडकमा कानेलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो । सोही घटनामा संलग्न रहेका गैरे फरार रहेका थिए ।
यस घटनामा संलग्न केही आरोपित पूर्पपक्षका लागि थुनामा रहेका छन् । सो घटनामा संलग्न अन्य आरोपितहरुको खोजकार्य जारी राखेको चितवन प्रहरीले जनाएको छ ।
तस्विरमा मृतक काने भनिने अनिल परियार


























