चितवन विशेष

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा. विश्वबन्धु बगाले नियुक्त

Banner

चितवन,भदौ २२-

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा. विश्वबन्धु बगाले नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङको मंगलबार मन्त्रीस्तरीय निर्णयबाट बगाले मेसु हुनु भएको हो । एघारौं तहका डा. बगाले हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा हुनुहुन्थ्यो । मन्त्री खापुङले अस्पतालका मेसु डा कृष्ण पौडेललाई हटाएर बालरोग विशेषज्ञ डा बगालेलाई जिम्मेवारी दिनुभएको हो ।

बगालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका ८ जना अधिकृतको सरुवा गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>