Breaking News

प्रहरीले भन्योः होटलको सीसी क्यामेरामा सन्दीप र जाहेरी दिने किशोरी देखिएका छन्

Banner

काठमाडौं,भदौ २२-

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको जाहेरी परेपछि नेपाल प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। सन्दीपविरुद्ध हिजो मंगलबार जाहेरी दर्ता भएपछि गौशाला प्रहरी वृत्तले अनुसन्धान सुरु गरेको हो। यसैक्रममा प्रहरीले घटना भएको रात सन्दीप बसेको होटलका सीसीटीभी फुटेज संकलन गरेको छ। नगरकोट र काठमाडौंमा उनी बसेका होटलको सीसीटीभी फुटेज प्रहरीले मगाएको हो।

गत भदौ ५ गते सन्दीपले सिनामंगलस्थित एक होटलमा लगेर १७ वर्षीया किशोरीमाथि पटक पटक बलात्कार गरेको जाहेरी परेको छ। जाहेरी दर्ता भएपछि किशोरीको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। ती किशोरीसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएको, बेलुका त्यहीँको होटलमा मदिरा पिएको र राति काठमाडौं फर्किएर होटलमा किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। सन्दीप र ती किशोरी भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिनामंगलस्थित होटलमा सन्दीप र ती किशोरी गएको सीसी क्यामेरामा देखिएको छ। नगरकोटको होटलबाट भने फुटेज आइसकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>