चितवन विशेष

५७ जनाले गरे रक्तदान

Banner

चितवन, भदौ २०–

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । चितवन र वरपरका क्षेत्रहरूमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न रक्तदान कार्यक्रम गरिएको हो ।

रोटरी क्लब अफ नारायणगढ, रोटर्‍याक्ट क्लब अफ नारायणगढ, स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रमा २० महिला तथा ३७ पुरुष गरी जम्मा ५७ जनाले रक्तदान गरेको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । रक्तदाताहरूलाई नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, रोटर्‍याक्ट क्लब अफ नारायणगढका अध्यक्ष रुपेश मल्ल र स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सम्झना प्रधानले प्रमाणपत्र वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>