चितवन विशेष

नारायणगढ लायन्स, नारायणी र लियोको संयुक्त पदस्थापन

Banner

चितवन, भदौ १९–

चितवनका तीन पुराना लायन्स तथा लियो क्लवहरुको आइतबार सपथ ग्रहण तथा संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

चितवनकै पुरानो लायन्स क्लव अफ नारायणगढ, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढको संयुक्त रुपमा सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर लायन सिद्धार्थलाल चुकेले तीनै क्लवका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ नारायणगढका लायन वर्ष २०२१/२२ का अध्यक्ष जयराम श्रेष्ठले वर्ष २०२२/२३ का अध्यक्ष शान्त कुमार पियालाई कार्यभार सुम्पदै पदस्थापन गराएका थिए । त्यस्तै लायन्स क्लव अफ नारायणगढ नारायणीकी संस्थापक अध्यक्ष सुधा जोशीले वर्ष २०२२/२३ की अध्यक्ष दुर्गा निरौलालाई पदस्थापन गराएकी थिइन् । यसैगरि लियो क्लव अफ नारायणगढका वर्ष २०२१/२२ का अध्यक्ष मोहन तिवारीले वर्ष २०२२/२३ का अध्यक्ष देव भट्ट क्षेत्रीलाई पदस्थापन गराएका थिए ।

कार्यक्रममा नयाँ अध्यक्षहरु शान्त कुमार पिया, दुर्गा निरौला र लियो देव भट्ट क्षेत्रीले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रमका उद्घाटन यसपटक फरक तरिकाले गरिएको थियो । प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर सिद्धार्थलाल चुकेले नारायणगढ लायन्सको तर्फबाट बालकुमारी कन्या माविका ११ जना छात्रछात्रा, लायन्स नारायणगढा नारायणीको तर्फबाट देवज्योति आधारभुत विद्यालयमा अध्ययनरत ४ जना विद्यार्थी र लियो क्लव अफ नारायणगढको तर्फबाट लायन्स क्लवका कार्यालय सचिव केशव भण्डारीलाई छात्रवृद्धि प्रदान गर्दै समुद्घाटन गरेका थिए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का पूर्व डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर आरएस महतो, द्धितिय भाइस डिष्ट्रिक्ट गर्भनर दिननाथ न्यौपाने, पूर्व डिष्ट्रिक्ट गर्भनर राजकुमार श्रेष्ठ, डिष्ट्रिक्ट क्याबिनेट सेक्रटरी राजेन्द्र गौतम, लियो क्लव अफ नारायणगढका संस्थापक अध्यक्ष डा.तुलसी धरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस्तै लायन्स क्लव अफ नारायणगढका संस्थापक एवं पूर्व डिष्ट्रिक्ट गर्भनर प्रभात कुमार जोशीले लायन्स क्लव अफ नारायणगढको ४० वर्षीय सेवालाई संक्षिप्त रुपमा जानकारी गराएका थिए ।

यस्तै कार्यक्रममा लियो क्लव अफ नारायणगढका चार जना नयाँ सदस्यलाई सपथ ग्रहण गराएको थियो भने लायन प्रेमकुमार श्रेष्ठलाई एमजेएफ प्लेज हस्तान्तरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>