Breaking News

चितवन-३ मा प्रचण्डसंग एमाले जिल्ला अध्यक्ष चुनाव लड्ने,सर्वसम्मत नाम सिफारिस

Banner

चितवन,भदौ १९-

चितवन क्षेत्र नम्वर ३ मा संघिय सांसदको उम्मेदवारका लागि एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम सर्वसम्मत सिफारिस भएको छ । आज (आइतबार) बसेको क्षत्रिय समन्वय कमिटीको बैठकले न्यौपानेको नाम सर्वसम्मत सिफारिस गरेको हो । न्यौपाने पछिल्लो पुस्ताका लोकप्रिय युवा नेता हुन् । उनि यसअघि एमाले र माओवादी एकिकरण भएर बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष समेत भएर काम गरिसकेका छन् । विद्यार्थीबाट राजीतिमा प्रवेश गरेका न्यौपानेसंग चितवनको माडी र भरतपुरमा पार्टीको सबै तहमा रहेर काम गरेको अनुभव छ ।

२०७४ को निर्वाचनमा सो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको साथ लिएर विजयी भएका थिए । यसपटक पनि प्रचण्ड सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>