चितवन विशेष

चितवनमा हुने लक्की साँगीतिक साँझमा गायक कार्की र वन्दनालाई सम्मान गरिँदै

Banner

चितवन, भदौ १९-

लक्की मिडिया हाउस चितवनले १५ असोजमा भरतपुरमा साँगीतिक साँझ आयोजना गर्ने भएको छ । साँगीतिक साँझमा वरिष्ठ गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गर्ने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए ।

नेपाली साँगीतिक क्षेत्रमा योगदान दिए बापत उनीहरूलाई सम्मान गर्न लागेको महाप्रबन्धक कार्कीले बताए । कार्कीका अनुसार साँगीतिक सांँझमा चर्चित कलाकार तथा गायक, गायिकाको उपस्थिति रहने छ ।

गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी ६ हजारभन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ । यस्तै, गायिका देविका वन्दनाले नेपाली गीतसँगै नेवारी, हिन्दी, मराठी लगायत भाषाका हजारभन्दा बढी गीतमा सुमधुर स्वर दिएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>