मनोरञ्जन

फिल्म ‘प्रकाश’ माओवादीप्रति पूर्वाग्राही : शिक्षा मन्त्री

Banner

काठमाडौं । शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले फिल्म ‘प्रकाश’ माओवादीप्रति पूर्वाग्राही भएको बताएका छन् । उनले राजनीतिक पूर्वाग्रहसहित फिल्म निर्माण गरिएको भन्दै आपत्ती पनि जनाएका छन् ।

विश्वज्योति हलमा प्रकाश फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्मका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए ।

जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए । फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंगपनि जोडिएको छ ।

यस्ता विम्वहरु राजनीतिक आस्थासँग जोडिएर प्रस्तुत भएको बताउँदै मन्त्री पौडेलले भने, ‘मैले फिल्मभन्दा शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखेँ । राजनीतिसँग सम्बन्धित । त्यहाँ प्रस्तुत भएको विम्व, झण्डा, आफै पनि शहीदको छोरा, विकृति गर्ने निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसुस हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>