चितवन विशेष

चन्द्र एकता मगर समाजको अध्यक्षमा लालबहादुर

Banner

चितवन, भदौ १८–

चन्द्र एकता मगर समाजको अध्यक्षमा लालबहादुर थापा मगर चयन भएका छन् ।

चन्द्र एकता मगर समाजको शनिबार ३२औ वर्षिक साधारण सभा तथा दशौ अबिधेशनबाट थापा मगरलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । लालबहादुर यसअघि समाजको वरिष्ठ उपाध्यक्ष थिए । अधिबेशनले मगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित सम्पुर्ण कार्यसमितीहरुले शनिबार नै सपथ ग्रहण गरेका छन ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवम निर्वाचन संयोजक नेपाल मगर संघ जिल्ला समन्वयन समिती चितवनका अध्यक्ष ठाकुर सिं आले मगरले सपथ ग्रहण गराएका थिए। अधिवेशको पहिलोसत्रमा कोषाध्यक्ष राम कुमार थापा मगरले आर्थिक प्रतिवेदन तथा सचिव पंकज थापा मगरले प्रगती प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा समाजका पूर्वअध्यक्षहरु लालबहादुर थापा मगर, एकबहादुर आले मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका अध्यक्ष ठाकुर सिं आले मगरको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष ओम प्रकाश थापा मगरको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>