Breaking News

जगन्नाथ पौडेलसहितका नेता कार्यकर्तालाई कारवाही फुकुवा गर्न चितवन कांग्रेसले गर्‍यो केन्द्रलाई सिफारिस

Banner

चितवन, भदौ १८–

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहितका नेता कार्यकर्ताहरुलाई गरिएको कारवाही फुकुवा गर्न नेपाली कांग्रेस चितवनले केन्द्रलाई सिफारिस गरेको छ ।

शनिबार जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको कांग्रेस चितवनको बैठकले कारवाही फुकुवाका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय निर्णय विपरीत भरतपुर महानगरपालिकाको पदमा भुईकटर चुनाव चिन्ह लिएर जगन्नाथ पौडेल निर्वाचन लडेका थिए । त्यसलगत्तै कांग्रेस केन्द्रीय समितिले विधान अनुसार पौडेलसंगै उनका प्रस्तावक कांग्रेस पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थक महासमिति सदस्य मिना खरेललाई विधान बमोजिम स्वतः पार्टी सदस्यबाट निश्कासन गरिएको थियो ।

यस्तै सोही प्रकरणमा संलग्न भई पार्टीले समर्थन गरेको उम्मेदवारको विरुद्धमा स्वतन्त्र उम्मेद्वारको पक्षमा लागेकाहरु पूर्व सांसद भिमबहादुर श्रेष्ठ, तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु अर्याल, तरुण दल चितवनका पूर्व सचिव आनन्दराज राउत, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र केशव पौडेललाई पनि पार्टी सदस्यताबाट निलम्बन गरिएकोमा उनीहरुको निलम्बन फुकुवाका लागि पनि पाटी केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सभापति खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>