चितवन विशेष

मेघौली विमानस्थल स्तरोन्नती पर्यटकीय विकासका लागि महत्वपूर्णः मेयर दाहाल

Banner

चितवन, भदौ १८–

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले मेघौली विमानस्थल स्तरोन्नती पर्यटकीय विकासका लागि महत्वपूर्ण रहेको बताएकी छन् ।

शनिबार भरतपुर महानगरपालिकाले आयोजना गरेको मेघौली विमानस्थल स्तरोन्नती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख दाहालले यस विमानस्थलको स्तरोन्नती भएलगत्तै यहाँ पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताइन् । ‘यो विमानस्थल स्तरोन्नती गर्ने वित्तिकै चार्टर विमान र अन्य विमानहरु सहजै आउने छन्, यसले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान दिन्छ’–प्रमुख दाहालले भनिन् ।

प्रमुख दाहालले चितवनका दुई विमानस्थल बागमती प्रदेशकै वैकल्पिक विमानस्थलको रुपमा रहने बताइन् । ‘बागमती प्रदेशमा संघीय राजधानी बाहेकका ठाउँमा विमानस्थल छैनन्, प्रदेश राजधानी हेटौंडामा पनि विमानस्थल छैन, यसलाई प्रदेशकै वैकल्पिक विमानस्थलको रुपमा विकास गर्न सकिन्छ’–प्रमुख दाहालले भनिन् ।
उनले विमानस्थल स्तरोन्नतीका लागि ड्रोनबाट गरिएको ‘टोपोग्राफी सर्भे’को काम नै आजको दिनमा चितवनका लागि महत्वपूर्ण कामको सुरुवात भएको बताइन् । ‘चितवनको लागि आजको दिनमा ठूलो कामको सुरुवात भएको छ, केहीदिन भित्रै यसको समग्र लागत स्टिमेट तयार पारेर टेण्डर प्रक्रिया अघि बढाउन प्रतिवद्धतासहित कामको सुरुवात भएको हो’–दाहालले भनिन् ।

उनले पछिल्लो समय चितवनमा हवाईयात्रुको चाप बढ्दै गइरहेको अवस्थामा भरतपुर र मेघौली दुवै विमानस्थल एकैपटक स्तरोन्नतीको प्रक्रियामा अघि बढेकाले धेरै खुशी महसुस भएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>