Breaking News

मैघौलीमा जहाज आउँदा, जाँदा हाम्रो खाजा खाने समय थाहा हुन्थ्योः प्रचण्ड

‘विमानस्थल स्तरोन्नतीले मेघौलीको विकासमा टेवा पुग्छ’

Banner

चितवन, भदौ १८–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं.३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दिउँसो मेघौली विमानस्थलको स्तरोन्नती सम्बन्धी छलफलका लागि भन्दै मेघौली पुगे । उनलाई मेघौली विमानस्थल परिसरमा थारु समुदायको झाकी र पञ्चेबाँजाले स्वागत गरियो । विमानस्थल छेउमै रहेको थारु संग्राहलयको सभाहलमा आयोजित कार्यक्रमको सुरुवातमै प्रचण्डले मेघौली विमानस्थलको महत्व सुनाए ।

प्रचण्डले आफू ११ देखि १५ वर्ष उमेर पुग्दाखेरि धान काट्न जाँदा खाजा खाने समय त्यहि विमानस्थलमा अवतरण र उडान भर्ने जहाजबाट थाहा पाएको स्मरण गरे । ‘धान काट्ने बेलामा खाजा खाने बेला भयो कि भएन भनेर मेघौलीमा आउने जहाज हेरेर खाने गरिन्थ्यो, यहाँको जहाज ठिक टाइमा आउथ्यो, ठिक समयमै जान्थ्यो’–प्रचण्डले भने । विदेशी पर्यटकका कारण यस विमानस्थल पहिले अन्तर्राष्ट्रियस्तरमा समेत परिचित बनेको भन्दै नेपालको परिचय, पर्यटन प्रवद्र्धन र नेपालको प्रतिष्ठालाई माथि पु¥याउन यो विमानस्थलको भूमिका महत्वपूर्ण रहेको प्रचण्डले स्मरण गरे । ‘अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलेको यस विमानस्थल पछिल्लो एक दशक यता ओझेलमा परेको थियो, अब कालोपत्रेसहित विमानस्थल स्तरोन्नती गरि विमान चलाउने सबैको सपना बल्ल पुरा हुँदैछ’–प्रचण्डले भने ।

शनिबार प्रचण्डले सोही विमानस्थल स्तरोन्नतीका लागि ड्रोन उडाएर ‘टोपोग्राफी सर्भे’को सुरुवात गरे । अब यस विमानस्थललाई स्तरोन्नती गरि मेघौलीको विकास र समृद्धिलाई कसैले रोक्न नसक्ने बताए । उनले मेघौलीको विकासका लागि आफूले सक्दो सहयोग गरिरहेको भन्दै अब यहाँ छिट्टै परिवर्तन देख्न सकिने बताए । ‘म पहिलोपटक शैक्षिक भ्रमणको क्रममा निकुञ्ज भित्रको टाइगर टप्स होटल पुगेको थियो, त्यही बेला थाहा पाए मेघौली पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेछ, अहिले त यही क्षेत्रको जनप्रतिनिधि हुन पाए’ खुशी हुँदै प्रचण्डले भने–‘चितवन, भरतपुर महानगरका समग्र विकासको निम्ति र यस (मेघौली) क्षेत्रको जनताको विकास र सुरक्षाको निम्ति विभिन्न परियोजनाहरु संघीय सरकार, प्रदेश र स्थानीय सरकारबाट अगाडि बढाउन आफ्नो ठाउँबाट सहजीकरण गरिरहेको यहाँहरु सबैलाई थाहै छ ।’

अध्यक्ष दाहालले अब भरतपुर विमानस्थलसंगै मेघौली विमानस्थलपनि संगसंगै अघि बढ्ने बताए । ‘प्राधिकरणका महानिर्देशकज्यूले केही समय भित्रै टेण्डर भएर मेघौलीको विमानस्थल स्तरोन्नती हुन्छ भन्ने सुन्दा खुशी लागेको छ, यी दुईटै विमानस्थलको स्तरोन्नती गर्नु भनेको चितवन जिल्लाकै पर्यटकीय विकास र यहाँको जनतको समृद्धिको निम्ती महत्वपूर्ण योगदान पुर्‍याउनु सरह हो’–प्रचण्डले भने । उनले मेघौली पर्यटन विकासको दृष्टिकोणले अपार संभावना भएको क्षेत्र रहेको बताए । अध्यक्ष दाहालले पछिल्लो समय मानव र वन्यजन्तुबीच बढ्दो न्यूनीकरणका लागि आफूले सरकारलाई आग्रह गरिरहेको बताए । ‘वन्यजन्तुबाट जनतालाई सुरक्षित गर्न भारतमा विशेष संयत्र बनेको रहेछ, त्यसै अनुरुप नेपालमा अघि बढाउन लागि रहेकाछौं, मैले प्रधानमन्त्रीलाई पनि भनेको छ’–प्रचण्डले भने ।

उनले थपे–‘रिंगरोड, नारायणी तटबन्धन, प्रचण्डमार्गको स्तरोन्नती, मेघौली सहायक राजमार्गले मेघौलीलाई विशेष आर्थिक र पर्यटकी क्षेत्र बनाउन लागि रहेको जानकारी गराउन पाउँदा निकै हर्षित भएको छु, चितवन निकुञ्ज भित्रको बाटो स्तरोन्नती गर्ने काम यसैवर्ष भित्र अघि बढ्दैछ ।’

अध्यक्ष दाहालले गोलाघाटमा पुल बनाउनका लागि युनोस्कोले समेत अवरोध गरेको भन्दै पुनःसहयोग लागि युनेस्कोलाई पत्रचार गरिएको बताए । तर सो ठाउँमा सम्भव नै नभए अर्को क्षेत्रमा पुल निर्माण गरेरै छाड्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>