Breaking News

चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न कृष्णभक्त पोखरेलले दिए आवेदन

Banner

चितवन, भदौं १८-

चितवन क्षेत्र नम्बर २ बाट संघीय सांसदको चुनावका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्न हालका सांसद कृष्णभक्त पोखरेलले आवेदन दिएका छन् । आज शनिबार पार्टीको क्षेत्रीय समन्वय कमिटी बैठकमा उनले उम्मेदवारीको आकांक्षा व्यक्त गर्दै आवेदन दिएका हुन् ।

उनी एक पटक संविधान सभा र एक पटक संघीय संसदमा सांसद बनिसकेका छन् । स्थानीयस्तरमा लोकप्रिय कृष्णभक्त यसपटक पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् । चितवन–२ मा एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवालीले पनि सांसदको उम्मेदवार हुन आवेदन दिएका छन् । यस्तै उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तीलचन्द्र भट्टराई, संविधान सभा सदस्य शिवकुमारी गोतामे र कृषिविज्ञ डा कृष्ण पौडेलले उम्मेदवारको आकांक्षा व्यक्त गर्दै आवेदन दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>