चितवन विशेष

भरतपुरमा टोलमा पनि चुनाव,गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार विजयी

Banner

चितवन,भदौ १८-

नेपालका हरेक क्षेत्र राजनीतिले प्रभावित भइरहेका वेला टोल विकास संस्थाहरुमा पनि राजनीतिक आस्थाका आधारमा चुनाव हुन थालेको छ । आज (शनिवार) भरतपुर महानगरपालिका ११ मा रहेको नौरङ्गे टोल विकास संस्थामा टोल अध्यक्ष छान्नका लागि दलगत चुनाव भएको छ । चुनावमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमाले उम्मेदवार डम्मर गुरुङ्ग निर्वाचित भएका हुन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका भुपनारायण शाहालाई पराजित गरे । गुरुङ्ग १२३ मत प्राप्त गरे भने शाहाले ७३ मत प्राप्त गरे ।

उपाध्यक्षमा झपेन्द्र बहादुर जिसी र प्रेम बहादुर अधिकारी सर्वसम्मत भए । यस्तै सचिवमा अर्जुन लामिछाने र सहसचिवमा सुशिला न्यौपाने पनि सर्वसम्मत भएकी छन् । यस्तै कोषाध्यक्षका लागि भएको निर्वाचनमा संगिता कुँबर अधिकारी निर्वाचित भएकी छन् । यस्तै सदस्यहरुमा विन्दु अधिकारी,शोभा घिमिरे,मिनकुमारी कुँवर,गोविन्द अधिकारी,भरत भुजेल,लुकमाया गुरुङ्ग,मन्जु अधिकारी,दिलमाया गुरुङ्ग र सुरेश राउत सर्वसम्मत भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>