Breaking News

चितवन २ (क) मा उम्मेदवार बन्न एमालेका सात नेताले दिए आवेदन

Banner

चितवन,भदौ १७-

चितवन निर्वाचन क्षेत्र नम्वर २ (क) मा सांसदको उम्मेदवार बन्न नेकपा एमालेका सात नेताले आवेदन दिएका छन् । आज (शुक्रबार) क्षेत्रिय समन्वय कमिटीको बैठकमा उनिहरुले निर्वाचन लड्ने आकांक्षा व्यक्त गर्दै आवेदन दिएका हुन् ।

आवेदन दिनेहरुमा टिकाराज रिजाल,केशव लामा,खुमनारायण श्रेष्ठ,प्रकाश अधिकारी,चन्द्रमणि सापकोटा,कृष्ण प्रसाद सिलवाल र इच्छा पाण्डे रहेका छन् । टिकाराज रिजाल २ (क) का क्षेत्रिय कमिटी संयोजक हुन । केशव लामा कालिका नगरकमिटी अध्यक्ष र कृष्णप्रसाद सिलवाल इच्छाकामना गाँउ कमिटी अध्यक्ष हुन् । यस्तै खुमनारायण श्रेष्ठ,प्रकाश अधिकारी र चन्द्रमणि सापकोटा पार्टीको बागमती प्रदेश कमिटी सदस्य हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>