Breaking News

ललितपुरमा अधिकांश अनधिकृत संरचना, हटाउन दशैंसम्मको समय

Banner

काठमाडौँ, भदौ १७-

ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना भत्काउन दशैंसम्मको समय दिएको छ ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार महानगरले टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउन माइकिङ गर्दै निर्देशन दिएको हो ।

ललितपुर महानगरपालिकाले लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको छ । ठेक्कामा दिएको उक्त भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>