Breaking News
बिहान ६ बजेदेखि अवरुद्ध रहेको नारायणगढ मुग्लिन सडक कहिले खुल्ला !
०

चितवन, भदौ १६-
पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन दिउँसो दुई/तीन बजेसम्ममा खुलाउने प्रयास गरिने भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान ६ बजे लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
दुई वटा डोजर, एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोग गरि हाल पहिरो पन्छाउने काम भइरहेको छ । तर लगातार खसेको लेदोमाटो बगीरहेकाले पहिरो हटाउन भने समस्या भएको छ ।
तर १८ किलो र ५ किलोमा खसेको पहिरो भने हटाइएको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिए । सडक बन्द हुँदा बिहानैदेखि गाडी र यात्रु रोकिएका छन् । त्यस्तै उक्त क्षेत्रमा पानी परिरहेकाले थप पहिरो जाने जोखिम रहेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























