Breaking News

माडीको बाँदरझुलामा लालपूर्जा बाड्न डीजीपीएस प्रविधिबाट जग्गा नापजाँच सुरु

Banner

चितवन, भदौ १५–

चितवनको दक्षिणी भेग माडीको विकट ठाउँ वडा नं.९ बाँदरझुलामा लालपूर्जा बाड्न जग्गाको नापजाँच सुरु भएको छ । बुधबार राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, माडी नगरपालिकाकी प्रमुख तारा काजी महतो सहितको प्राविधिक टोलीले बाँदरझुलामा जग्गा नापजाँच सुरु गरेको हो ।

डीजीपीएस प्रविधिबाट त्यहाँको जग्गा नापजाँच सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । बाँदरझुलासंगै माडीका अन्य वडाहरुको अधुरा कामको नापजाँच पनि सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले बताए । नापजाँचको काम सकिएलगत्तै बाँदरझुलाका २९६ घरधुरीलाई लालपूर्जा वितरणको काम गरिने उनले बताए ।

बाँदरझुला राष्ट्रिय वन क्षेत्रभित्र पर्दछ । यहाँको बस्ती हटाउनका लागि विभिन्न प्रयास भएपनि सफल नभएपछि सोही ठाउँमा लालपूर्जा वितरणको तयारी थालिएको हो ।

सो कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरु, नेकपा (एकीकृत समाजवादी) चितवनका नेता रामचन्द्र लम्साललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>